बुधबार ३० बैशाख २०८३
खेलकुद

विश्वकप लिग २ : त्रिवि मैदानमा आज नेपाल र स्कटल्यान्ड भिड्दै

मंगलबार बैशाख २९, २०८३/ Tuesday 05-12-26

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय शृंखला आजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ।

घरेलु टोली नेपालले स्कटल्यान्ड र अमेरिकासँग दुई–दुई खेल खेल्नेछ। लिग–२ तालिकामा नेपाल २४ खेलबाट १८ अंकसहित सातौँ स्थानमा रहेकाले विश्वकप छनोटको सम्भावना कायम राख्न र एकदिवसीय मान्यता जोगाउन यस शृंखला अत्यन्त महत्वपूर्ण मानिएको छ।

नेपाल र स्कटल्यान्डबीचको पहिलो खेल आज बिहान ९ः३० बजे सुरु हुनेछ। नेपालको मुख्य आशा उपकप्तान दीपेन्द्रसिंह ऐरीमाथि रहनेछ।

 

तपाईको प्रतिक्रिया