काठमाडौं । अर्घाखाँचीमा मंगलबार भएको बस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३ महिला र १ पुरुष रहेका छन्।
सुपा देउराली मन्दिर दर्शन गरेर फर्किंदै गरेका पर्वतका यात्रु सवार ग १ ख ५०४ नम्बरको रिजर्भ बस पाणिनी गाउँपालिका–८ दुर्गाफाँटस्थित कुडेलेमा सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनामा करिब ३० जना घाइते भएका छन्। घाइतेहरूको जिल्ला अस्पताल अर्घाखाँची र मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ। मृतकहरूको पहिचान खुल्न बाँकी छ।
तपाईको प्रतिक्रिया