बुधबार ३० बैशाख २०८३
बिजनेस

नेप्से घट्दा पनि कारोबारमा सुधार, धौलागिरि लघुवित्तको शेयर १५ प्रतिशतले बढ्यो

मंगलबार बैशाख २९, २०८३/ Tuesday 05-12-26

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार ३९.४४ अंकले घट्दै २,७४४.४० विन्दुमा झरेको छ। सोमबार सामान्य सुधार देखिएको बजार आज पुनः उच्च अंकले ओरालो लागेको हो।

आज म्युचुअल फन्ड समूह बाहेक सबै उपसूचक राताम्मे भएका छन्। विशेषगरी फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत् र व्यापार समूहका सूचकहरू २ प्रतिशतभन्दा बढीले घटेका छन्।

कारोबारमा सहभागी ३३८ कम्पनीमध्ये २५१ कम्पनीको शेयर मूल्य घट्दा १३ कम्पनीको मात्रै बढेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

आज फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै, करिब १२.५ प्रतिशतले घटेको छ। बजार समग्र रूपमा घटेको दिन धौलागिरि लघुवित्त वित्तीय संस्थाको शेयर भने १५ प्रतिशतले बढेर सर्वाधिक कमाउने कम्पनी बनेको छ।

नेप्से घटे पनि कारोबार रकममा सामान्य वृद्धि भएको छ। सोमबार ४ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएकोमा आज १ करोड ६ लाख कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ।

 

तपाईको प्रतिक्रिया