राजनीति
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले आज जवाफ दिने
बुधबार बैशाख ३०, २०८३/ Wednesday 05-13-26
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने कार्यसूची रहेको छ।
संसद् सचिवालयका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
बैठकमा सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावहरू प्रस्तुत गर्नेछन् भने त्यसमाथि विस्तृत छलफल पनि हुनेछ।
त्यसैगरी, आजै नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन्द्र शाहले दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
तपाईको प्रतिक्रिया