बुधबार ३० बैशाख २०८३
बिजनेस

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ

बुधबार बैशाख ३०, २०८३/ Wednesday 05-13-26

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरेको आरोपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे लाई पक्राउ गरेको छ।

सीआईबीका अनुसार उनलाई वैशाख २९ गते राति करिब ८ बजे सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित बसपार्क क्षेत्रबाट पक्राउ गरिएको हो। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ।

प्रहरीले पाण्डेमाथि स्मार्ट सेलको सम्पत्ति बिक्री तथा लिलामी प्रक्रियामा अनियमितता गरी आर्थिक हिनामिना भएको आशंकामा अनुसन्धान अघि बढाएको जनाएको छ।

६३ वर्षीय पाण्डे काठमाडौंको रक्तकाली स्थायी ठेगाना भई हाल ललितपुरको मानभवनमा बस्दै आएका छन्। उनीविरुद्ध मुलुकी अपराध संहिताअन्तर्गत ठगी र आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया