खेलकुद
महिला साफ च्याम्पियनसिप : फाइनल यात्राका लागि आज नेपाल र बंगलादेश भिड्दै
बुधबार जेठ २०, २०८३/ Wednesday 06-03-26
काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आज सेमिफाइनलमा दुईपटकको साविक विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। भारतको गोवास्थित जवाहरलाल नेहरू स्टेडियममा हुने खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ।
नेपाली महिला फुटबलका लागि अत्यन्त महत्वपूर्ण मानिएको यस खेलमा जित निकाल्दै नेपाल फाइनल पुग्ने लक्ष्यमा छ। प्रशिक्षक नवीन न्यौपानेले टोली शारीरिक र मानसिक रूपमा पूर्ण तयार रहेको बताएका छन्।
नेपाल पछिल्ला दुई साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजित भएको थियो। यसपटक भने उपाधि यात्रालाई निरन्तरता दिने लक्ष्यसहित मैदान उत्रिनेछ। यद्यपि नेपालले सन् २०२१ यता बंगलादेशलाई हराउन सकेको छैन।
प्रतियोगिताको अर्को सेमिफाइनलमा आजै राति भारत र भुटान आमनेसामने हुनेछन् भने फाइनल खेल शनिबार हुनेछ।
तपाईको प्रतिक्रिया