आइतबार १७ जेठ २०८३
राजनीति

सरकारको ध्यान आत्मविश्वास बढाउने भन्दा पनि पैसा बढाउनेमा छ : प्रधानमन्त्री

आइतबार जेठ १७, २०८३/ Sunday 05-31-26

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वर्तमान सरकारको प्राथमिकता देशको आर्थिक अवस्था सुदृढ बनाउने र आम्दानीका स्रोत विस्तार गर्ने रहेको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले सरकार उत्पादन र निर्यात वृद्धि गर्ने दिशामा अघि बढिरहेको जानकारी दिए।

प्रधानमन्त्री शाहका अनुसार नेपालमा उत्पादन हुने वस्तु तथा सेवाहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सरकारले निर्यातमुखी नीति अवलम्बन गरेको छ। निर्यातमा प्रोत्साहन पुग्ने गरी केही कर तथा शुल्कमा सहुलियत प्रदान गरिएको उनले बताए।

“हामीले उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने लक्ष्य लिएका छौं। नेपाली उत्पादन विभिन्न देशमा निर्यात गर्न सहज होस् भनेर केही करसम्बन्धी व्यवस्था निश्चित अवधिका लागि स्थगित गरिएको छ,” उनले भने।

प्रधानमन्त्रीले मुलुकको आर्थिक आवश्यकता अहिलेको मुख्य चुनौती भएको उल्लेख गर्दै सरकारको ध्यान आर्थिक स्रोत वृद्धि र लगानी प्रवर्द्धनमा केन्द्रित रहेको बताए।

“देशलाई अहिले सबैभन्दा बढी आवश्यक कुरा आर्थिक सबलीकरण हो। त्यसैले सरकारको प्राथमिकता आम्दानी बढाउने, उत्पादन विस्तार गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ केन्द्रित छ,” प्रधानमन्त्री शाहले स्पष्ट पारे

तपाईको प्रतिक्रिया