रविलाई भेटेपछि मोदीले लेखे : ‘नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ’
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र उचाइमा पुर्याउन नयाँ नेपाली सरकारसँग सहकार्य गर्न तत्पर रहेको बताएका छन्।
बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भएको भेटपछि सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मार्फत प्रतिक्रिया दिँदै मोदीले नेपाललाई भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत महत्वपूर्ण साझेदारका रूपमा उल्लेख गरेका हुन्।
उनले नेपाल र भारतबीच रहेको विशेष तथा बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउन नयाँ सरकारसँग मिलेर काम गर्ने अपेक्षा व्यक्त गरेका छन्।
मोदीले लामिछानेसँगको भेटलाई सुखद अनुभवको रूपमा उल्लेख गर्दै साझा समृद्धि र उज्ज्वल भविष्य निर्माणका लागि सहकार्य गर्ने उनको प्रतिबद्धतालाई स्वागत गरेका छन्। साथै, उक्त लक्ष्यप्रति आफू पूर्ण रूपमा सहमत रहेको पनि उनले बताएका छन्।
तपाईको प्रतिक्रिया