लुम्बिनी सरकारबाट एमालेका चार मन्त्रीको सामूहिक राजीनामा
काठमाडौं। लुम्बिनी प्रदेश सरकारमा सहभागी नेकपा एमालेका चार मन्त्रीले पदबाट राजीनामा दिएका छन्। उनीहरूले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सामूहिक रूपमा राजीनामा बुझाएका हुन्।
राजीनामा दिने मन्त्रीहरूमा भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, सिँचाइमन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषिमन्त्री दिनेश पन्थी तथा स्वास्थ्यमन्त्री खेम सारु रहेका छन्।
भौतिक पूर्वाधार विकासमन्त्री ढकालले पार्टीको निर्णयअनुसार आफूहरू सबैले सामूहिक रूपमा राजीनामा दिएको जानकारी दिएका छन्।
एमालेले मन्त्रिपरिषद् पुनर्गठनको तयारीस्वरूप हालका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ अनुहारलाई जिम्मेवारी दिने तयारी गरेको बताइएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य पनि एमालेकै नेता हुन्।
मन्त्रिपरिषद् हेरफेरको प्रक्रियासँगै प्रदेश सरकारमा नयाँ मन्त्रीहरूको नियुक्ति हुने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया