मंगलबार २३ असार २०८३
अर्थ

२६ अंकले घट्यो नेप्से, कारोबार साढे ३ अर्बमा खुम्चियो

सोमबार असार २२, २०८३/ Monday 07-06-26

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घट्दै २६२७.११ विन्दुमा पुगेको छ। कारोबार अवधिभर बजारमा बिक्री दबाब देखिँदा नेप्से २६.२९ अंकले ओरालो लागेको हो।

बजार घटे पनि ३४ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने २३९ कम्पनीको मूल्य घटेको नेप्सेले जनाएको छ। चार कम्पनीको सेयर मूल्य भने अघिल्लो कारोबारकै स्तरमा स्थिर रह्यो।

आजको कारोबारमा कुल तीन अर्ब ५५ करोड ७९ लाख ८१ हजार ४९८ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ। यस अवधिमा ७५ लाख ४० हजार ४१८ कित्ता सेयर ४६ हजार २४६ पटक कारोबार भएका छन्।

कारोबारका क्रममा स्नो रिभर्स, सनिगाड हाइड्रो र कलंगा हाइड्रोका लगानीकर्ताले सकारात्मक प्रदर्शन गर्दै सर्किट लेभलसम्म मूल्य वृद्धि हासिल गरेका छन्।

उता, थ्रीस्टार हाइड्रो, नेपाल फाइनान्स, खानीखोला हाइड्रो, एनआईबीएल स्टेबल फन्ड र उपकार लघुवित्तका सेयरधनीले सबैभन्दा बढी घाटा व्यहोरे।

समूहगत सूचकमा भने कुनै पनि क्षेत्र सकारात्मक रहन सकेन। १३ वटै उपसमूह राताम्मे बनेका छन्, जसमा व्यापार समूह सबैभन्दा बढी ३.१५ प्रतिशतले घटेको छ।

तपाईको प्रतिक्रिया