खेलकुद
फिफा विश्वकप: अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा हराउँदै इजिप्ट अन्तिम १६ मा
शनिबार असार २०, २०८३/ Saturday 07-04-26
काठमाडौँ। फिफा विश्वकप फुटबलमा इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
डलास स्टेडियममा शनिबार बिहान सम्पन्न खेलमा निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको अतिरिक्त समयसम्म दुवै टोली १–१ गोलको बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। सुटआउटमा इजिप्ट ४–२ ले विजयी बन्यो।
इजिप्टले खेलको १३औँ मिनेटमा इमाम आशुरको हेडर गोलमार्फत अग्रता लिएको थियो। तर, ५५औँ मिनेटमा इजिप्टका मोहम्मद हानीबाट आत्मघाती गोल भएपछि अस्ट्रेलियाले खेल १–१ को बराबरीमा ल्यायो।
त्यसपछि थपिएको समयमा पनि कुनै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जहाँ इजिप्टले उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम १६ मा स्थान पक्का गर्यो।
तपाईको प्रतिक्रिया