आइतबार २१ असार २०८३
खेलकुद

मोरक्को क्वाटरफाइनलमा, क्यानडा ३–० ले पराजित

आइतबार असार २१, २०८३/ Sunday 07-05-26

काठमाडौं। मोरक्कोले सह-आयोजक क्यानडालाई ३–० ले हराउँदै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा स्थान बनाएको छ। योसँगै मोरक्को विश्वकप इतिहासमा एकभन्दा बढी पटक क्वाटरफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ।

दोस्रो हाफमा अजेदिन उनाहीले दुई तथा सुफियान राहिमीले एक गोल गर्दै मोरक्कोलाई सहज जित दिलाए। पहिलो हाफमा गोलरक्षक यासिन बोनोले उत्कृष्ट बचाउ गर्दै टोलीलाई संकटबाट जोगाएका थिए।

अब सेमिफाइनल प्रवेशका लागि मोरक्कोले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।

 

तपाईको प्रतिक्रिया