समाज
हरिशयनी एकादशी आजदेखि, तुलसी रोपेर चतुर्मास व्रतको शुभारम्भ
शनिबार श्रावण ९, २०८३/ Saturday 07-25-26
काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी श्रद्धापूर्वक मनाउँदै घर–घरमा तुलसीको बिरुवा रोपेर चार महिने चतुर्मास व्रत तथा विशेष पूजा–आराधना सुरु गरेका छन्।
परम्पराअनुसार एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीमा राखिएको तुलसीको बिरुवा आज तुलसी मठमा सार्ने चलन रहेको छ। धार्मिक विश्वासअनुसार आजदेखि भगवान् विष्णु क्षीरसागरमा चार महिनासम्म शयन गर्ने भएकाले यस दिनलाई हरिशयनी एकादशी भनिन्छ। यही चार महिनाको अवधिलाई चतुर्मासका रूपमा मनाइन्छ।
हरिशयनी एकादशीका अवसरमा काठमाडौंको बूढानीलकण्ठसहित देशभरका नारायण तथा विष्णु मन्दिरमा बिहानैदेखि भक्तजनको उल्लेखनीय भीड लागेको छ।
तपाईको प्रतिक्रिया