धनगढीमा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य जटिल, आईसीयूमा भर्ना
धनगढी । २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई शनिबार सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको छ।
धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा अनशनरत केसीको स्वास्थ्य परीक्षणका क्रममा रगतमा सुगरको मात्रा अत्यन्त कम देखिएपछि चिकित्सकले तत्काल आईसीयूमा राखेर उपचार गर्न सिफारिस गरेका थिए। सोही सिफारिसअनुसार उनलाई अस्पताल भर्ना गरिएको उनका सहयोगी अमृत जैशीले जानकारी दिए।
डा. केसी बिहीबारदेखि विभिन्न पाँच बुँदे माग राख्दै धनगढीमा २४औँ सत्याग्रहमा बसेका हुन्। अनशन लम्बिँदै जाँदा उनको स्वास्थ्य लगातार कमजोर बन्दै गएको छ। मांसपेशी बाउडिने, बोल्नसमेत असहज हुने तथा खुट्टाको शल्यक्रिया गरेका कारण हिँडडुल गर्न समेत कठिन भइरहेको बताइएको छ।
सरकारले उनका मागबारे वार्तामार्फत समाधान खोज्ने प्रतिबद्धता जनाएको भए पनि डा. केसी भने आफ्ना मुख्य मागमा अडिग रहेका छन्।
तपाईको प्रतिक्रिया