आइतबार १० श्रावण २०८३
समाज

कार्यालय जान हिँडेकी रश्मी कारभित्रै जलेको अवस्थामा मृत भेटिइन्

शनिबार श्रावण ९, २०८३/ Saturday 07-25-26

काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिकामा कारभित्र कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ।आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ। मृतक तारकेश्वर–९ निवासी ४५ वर्षीया रश्मी रिजाल रहेको काठमाडौं प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा प्राप्त सीसीटीभी फुटेजमा रिजालले आफैं कार पार्क गरी भित्रै आगो लगाएको देखिएको छ। यद्यपि घटनाको विस्तृत अनुसन्धान जारी रहेकाले प्रहरीले थप निष्कर्ष सार्वजनिक गरिसकेको छैन।

रश्मी रिजाल कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत फेला परेकी थिइन्। उनको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको छ।

पारिवारिक स्रोतका अनुसार रिजाल सानिमा क्यापिटल लिमिटेडमा कम्प्लायन्स अफिसर तथा प्रवक्ताका रूपमा कार्यरत थिइन्। शेयर कारोबारमा आएको गिरावटपछि उनी केही समयदेखि मानसिक तनावमा रहेको पारिवारिक स्रोतले जनाएको छ। उनका पति शिक्षण पेशामा संलग्न छन्।

प्रहरीले घटनाको सबै पक्षबाट अनुसन्धान गरिरहेको जनाएको छ।

 

तपाईको प्रतिक्रिया