शनिबार १३ भदौ २०८३
समाज

रसुवा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४८९ पुग्यो

शुक्रबार भदौ १२, २०८३/ Friday 08-28-26

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट ज्यान गुमाउनेको सङ्ख्या ४८९ पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार मध्यान्हसम्म विभिन्न जिल्लाबाट ४८९ जनाको शव फेला परेको हो।

प्रहरीको विवरणअनुसार रसुवामा १३, नुवाकोटमा ३७, धादिङमा ४० र चितवनमा १८६ जनाको शव भेटिएको छ। यस्तै, गोरखामा ४४, तनहुँमा २९ तथा नवलपरासी पूर्वमा ११२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

बाढीपछि अझै सम्पर्कविहीन रहेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी छ। त्यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित तीनवटै सुरक्षा निकायका ठूलो सङ्ख्यामा उद्धारकर्मी परिचालन गरिएको छ।

खोजी तथा उद्धार अभियानमा सुरक्षाकर्मीलाई स्थानीय बासिन्दाले समेत सहयोग गरिरहेका छन्।

तपाईको प्रतिक्रिया