शनिबार १३ भदौ २०८३
समाज

रसुवा बाढीमा बेपत्ता असई पौडेलको शव चितवनमा फेला

शुक्रबार भदौ १२, २०८३/ Friday 08-28-26

चितवन । रसुवाको बेत्रावती प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेलको शव चितवनमा फेला परेको छ।

भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका ४३ वर्षीय पौडेलको शव चितवनमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

नुवाकोट निवासी पौडेलको शव पहिचानपछि जिल्ला अस्पताल चितवनमा पोस्टमार्टम गरिएको थियो। पोस्टमार्टमपछि परिवारले शव बुझेका छन्।

रसुवा बाढीपछि विभिन्न जिल्लामा शव भेटिने क्रम जारी छ भने बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य पनि जारी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया