नेपालका बाढीपीडितका लागि भारतले पठायो १० टन मानवीय सहायता
काठमाडौं। नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि भारतले १० टन मानवीय सहायता सामग्रीसहित अत्यावश्यक औषधि पठाएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत नेपालमा बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै भारतले राहत सामग्री र आवश्यक औषधि पठाएको जानकारी दिएका हुन्।
मोदीले बाढीमा ज्यान गुमाउनेका परिवार तथा प्रभावित सबैप्रति समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा भारत नेपाल र नेपाली जनताको साथमा रहेको बताएका छन्।
नेपालमा भोटेकोशीलगायत विभिन्न नदीमा आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरणको काम जारी रहेका बेला भारतले मानवीय सहायता उपलब्ध गराएको हो।
भारतबाट पठाइएको १० टन सामग्रीमा बाढी तथा विपद्बाट प्रभावित नागरिकको तत्काल आवश्यकता पूरा गर्न आवश्यक राहत सामग्री र अत्यावश्यक औषधि रहेको जनाइएको छ।
तपाईको प्रतिक्रिया