शनिबार १३ भदौ २०८३
खेलकुद

'बझाङको बाघ’ रवीन्द्र ‘रोड टु यूएफसी’को फाइनलमा

शुक्रबार भदौ १२, २०८३/ Friday 08-28-26

काठमाडौं । नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँटले ‘रोड टु यूएफसी’को बान्टमवेटतर्फ फाइनल यात्रा तय गरेका छन्।

सांघाईमा शुक्रबार भएको सेमिफाइनलमा ढाँटले न्युजिल्यान्डका अपराजित खेलाडी कसिब मर्डकलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।

तीन राउन्डको प्रतिस्पर्धामा ढाँटले सुरुवाती चरणमा संघर्ष गरे पनि निर्णायक क्षणमा आक्रामक प्रदर्शन गर्दै मर्डकमाथि दबाब कायम राखेका थिए।

अब ढाँटले फाइनलमा जापानी खेलाडीको सामना गर्नेछन्। फाइनल जिते उनले यूएफसीमा प्रवेश गर्ने ठूलो अवसर पाउनेछन्।

यसअघि ढाँटले क्वार्टरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमै नकआउट गर्दै सेमिफाइनल यात्रा तय गरेका थिए।

मर्डकमाथिको जितसँगै ढाँटको व्यावसायिक एमएमए रेकर्ड ११–१ पुगेको छ।

तपाईको प्रतिक्रिया