काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा प्रतियोगितामा सहभागी हुने सबै टोलीलाई शुभकामना दिएका छन्।
प्रधानमन्त्री शाहले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतियोगिताको सफल आयोजनाका लागि नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट संघ (क्यान) लाई शुभकामना व्यक्त गरेका हुन्।
उनले एनपीएलमा सहभागी हुन नेपाल आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरहरूलाई स्वागतसमेत गरेका छन्।
केही वर्षकै अवधिमा एनपीएल ठूलो खेलकुद महोत्सवका रूपमा विकसित भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले नेपाली क्रिकेटको सफलताको कामना गरेका छन्। उनले आफ्नो सन्देशमा ‘नेपाली क्रिकेट अमर रहोस्’ भनेका छन्।
तपाईको प्रतिक्रिया