समाज
सातै प्रदेशका डीआईजीलाई प्रहरी प्रधान कार्यालय बोलाइयो
बिहीबार कार्तिक १२, २०८३/ Thursday 10-29-26
काठमाडौं । नेपाल प्रहरीले सातै प्रदेशका प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी प्रधान कार्यालयमा बोलाएको छ।
बिहीबार दिउँसो बस्ने प्रहरी समन्वय समिति (पीसीसी) को बैठकमा सहभागी गराउन सबै प्रदेशका डीआईजीलाई काठमाडौं बोलाइएको हो।
उनीहरूलाई दिउँसो १२ देखि साढे १२ बजेसम्म प्रहरी प्रधान कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको अध्यक्षतामा दिउँसो २ बजे बैठक बस्ने तय भएको छ।
बैठकमा छलफल हुने विषयबारे भने औपचारिक रूपमा जानकारी गराइएको छैन।
आईजीपी कार्कीको भूमिकालाई लिएर विभिन्न प्रश्न उठिरहेका बेला सरकारले उनलाई पदबाट हटाउन सक्ने चर्चासमेत भइरहेका छन्। यस्तो परिस्थितिमा सातै प्रदेशका डीआईजीलाई एकैपटक काठमाडौं बोलाइनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
तपाईको प्रतिक्रिया