काठमाडौं । जनकपुर बोल्ट्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ । जनकपुर बोल्ट्सले ओपनिङ ब्याटर मोइन अलीको अर्धशतकसहित ५८ रन बनाएपछि जित हात पारेको हो ।
बिहीबार जनकपुरले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा काठमाण्डूले प्रस्तुत गरेको ११६ रनको लक्ष्य १७.२ ओभरमा पूरा गर्यो । यो जितसँगै जनकपुरले तेस्रो सिजनमा जितको खाता खेल्दै दुई अंक जोडेको छ ।
पहिलो खेलमा जनकपुरले कर्णाली याक्ससँग १९ रनको हार व्यहोरेको थियो । मोइनलले ५१ बलमा समान तीन चौका र छक्का प्रहार गरे ।
उनको स्ट्राइक रेट ११३.७२ थियो । उनलाई अविजित रहेका सैफ हसनले साथ दिए । हसनले ४० रन बनाए । यी दुईको साझेदारी टोलीको जितमा निर्णायक बन्यो । उनीहरूले दोस्रो विकेटको लागि अविजित ७९ रनको अर्धशतकीय साझेदारी गरेका थिए ।
काठमाण्डूका लागि रिपन मन्डलले एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको काठमाण्डू जनकपुरविरुद्ध १९.३ ओभरमा रन आउट भएको थियो ।
काठमाण्डूलाई रोक्न राहुल यादवको इनिङ महत्त्वपूर्ण रह्यो । राहुलले चार विकेट लिए । उनले ३१ बलमा ३१ रन खर्चिए । उनले १.१ ओभरमा स्मित पटेललाई कप्तान हर्मित सिंहबाट ‘क्याच’ गराए ।
तपाईको प्रतिक्रिया