शुक्रबार १३ कार्तिक २०८३
खेलकुद

लोकेश बमको विस्फोटक अर्धशतकमा विराटनगर बलियो स्थितिमा

बिहीबार कार्तिक १२, २०८३/ Thursday 10-29-26

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार कर्णाली याक्सविरुद्धको खेलमा विराटनगर किंग्सले बलियो प्रदर्शन गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १४.१ ओभरमा ३ विकेट गुमाएर १२३ रन बनाएको छ ।

विराटनगरका लोकेश बमले विस्फोटक ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका छन् । उनले ४६ बलमा ७४ रन बनाउँदा ८ छक्का र २ चौका प्रहार गरेका छन् । उनी क्रिजमा अविजित छन् ।

त्यस्तै, एन्जेलो म्याथ्युजले १६ बलमा २२ रन बनाउँदै लोकेशलाई साथ दिइरहेका छन् ।

विराटनगरका इमरान शेखले ५, चरिथ असलंकाले ३ र शेहान जयसूर्याले ११ रन बनाए । कर्णालीका मार्क वाट र सोमपाल कामीले समान १ विकेट लिएका छन् ।

कर्णाली याक्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

 

तपाईको प्रतिक्रिया