शुक्रबार १३ कार्तिक २०८३
खेलकुद

एनपीएलमा आज खेल नहुने

शुक्रबार कार्तिक १३, २०८३/ Friday 10-30-26

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज कुनै पनि खेल नहुने भएको छ। प्रतियोगिताको खेल तालिकाअनुसार आज विश्राम दिइएको हो।

भोलि भने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई खेल हुनेछन्। पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।

त्यस्तै, भोलिको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्नेछन्। यी दुई टोलीबीचको खेल साँझ ५ बजे सुरु हुनेछ।

बिहीबार साँझ भएको खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको थियो। लगातार दोस्रो जित निकालेसँगै कर्णाली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

यसैगरी, बिहीबार नै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई पराजित गरेको थियो।

 

तपाईको प्रतिक्रिया