आइतबार २३ बैशाख २०८१
प्रविधी

काठमाडौंबाट धनगढीका लागि उडेका श्री र बुद्ध एयरकाे जहाज सुर्खेतमा अवतरण

बुधबार पौष २५, २०८०/ Wednesday 01-10-24

काठमाडौं । आज बिहान काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्स र बुद्ध एयरको विमान सुर्खेत विमानस्थलमा अवतरण गरेका छन् ।

बुधबार बिहान काठमाडौंबाट धनगढीका लागि उडेका दुवै विमान मौसमको गडबडीका कारण सुर्खेत विमानस्थलमा अवतरण गिरएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रबक्ता सुभास झाले बताए ।

काठमाडौंबाट बिहान मौसम खुलेपछि ९ बजेर ३० मिनेटमा उडेको जहाज तराईमा क्षेत्रमा बाक्लो हुस्सुले गर्दा अवतरण गर्न नसकिएपछि सुर्खेता खवतरण गरेको श्री एयरलाइन्सका कर्पोरेट अनिल मानन्धरले बताए ।

त्यस्तै, बुद्ध एयरको विमान ९ बजेर ४० मिनेटमा काठमाडौंबाट धनगडीका लागि उडेपछि मौसमकै कारण अवतरण गर्न नसकिने भएपछि सुर्खेतमा अवतरण गरिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रबक्ता सुभास झाले बताए ।

तपाईको प्रतिक्रिया