बुधबार २८ फाल्गुण २०८१
राजनीति

सुदूरपश्चिम प्रदेश सभामा विपक्षी दलको अवरोध, बैठक स्थगित

मंगलबार फाल्गुण २७, २०८१/ Tuesday 03-11-25

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित भएको छ । मंगलबार बसेको प्रदेश सभा बैठकमा प्रतिपक्षी दलको अवरोध पछि बैठक स्थगित गरिएको हो ।

प्रदेश सरकारले नीति तथा योजना आयोग र सल्लाहकार भन्दै अनावश्यक दरबन्दी थपेर आर्थिक भार बढाएको भन्दै विपक्षी दलले सभामा अवरोध गरेका हुन् ।

विपक्षी दलका तर्फबाट बोल्दै एकीकृत समाजवादीका प्रदेश सभा नरेशकुमार शाहीले नीति तथा योजना आयोग र सल्लाहकार भन्दै गरिएका नियुक्ति खारेज हुनुपर्ने बताए ।

शाहीले सरकारले फजुल खर्च बढाउने काम गरेको भन्दै उनले नसच्याएसम्म बैठक अघि बढ्न नसक्ने चेतावनी दिएका छन् ।

सभामुख भीमबहादुर भण्डारीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र सांसदले अनावश्यक रूपमा सिर्जना गरिएका नियुक्ति सच्याउनुपर्ने माग गरेका छन् ।

विपक्षी दलको अवरोधपछि प्रदेश सभाको बैठक स्थगित भएको छ ।

तपाईको प्रतिक्रिया