शनिबार १२ श्रावण २०८१
राजनीति

सांसद बजगाईँले तिब्बत प्रहरीले पक्राउ गरेका गोरखाका दुई युवा खोज्न गराए ध्यानाकर्षण

मंगलबार जेठ २९, २०८१/ Tuesday 06-11-24

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले चीनको तिब्बत प्रहरीले गोरखा चुमनुब्री गाउँपालिकाका दुई युवालाई पक्राउ बताउँदै उनीहरूको अवस्थाबारे बुझ्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै यो विषय सरकारलाई थाहा नभएको उल्लेख उल्लेख पक्राउ गरेका युवाको अवस्था बुझ्न परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराए ।

उनले भने, ‘गोरखाको चुमनुब्री गाउँपालिका ७ का राप्के लामा र कर्मा छेदेन लामालाई करिब डेढ महिना पहिला तिब्बतबाट फोन आयो । र, तिब्बतीयनहरूलाई फोन गराइएको रहेछ चीन प्रशासनले उहाँहरूलाई तिब्बततिर आउन भनियो र राप्के लामा र कर्मा छेदेन लामा जानुभयो । र, पक्राउ गरे । यो हाम्रो सरकारलाई जानकारी छैन । उहाँहरूको अवस्था कस्तो छ, कुन परिस्थितिमा जीवन गुज्रिरहेको छ । ज्यूँदै हुनुहुन्छ कि थाहा छैन । यसबारे सरकारले के पहल गर्ने हो ? म परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’

तपाईको प्रतिक्रिया