शनिबार १२ श्रावण २०८१
राजनीति

नीजि अस्पतालमा अटेरी बढ्यो, तत्काल ऐन ल्याईओस्: सांसद कार्की

मंगलबार जेठ २९, २०८१/ Tuesday 06-11-24

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले अस्पताल सञ्चालसम्बन्धी ऐन तत्काल ल्याउन माग गरेकी छन् ।

‘स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड २०७७ अनुसार स्वास्थ्य संस्था तथा अस्पतालले अनिवार्य रुपमा विपन्न नागरिकको लागि १० प्रतिशत नि:शुल्क सेवा दिनुपर्छ भन्ने भन्ने मापदण्ड भए पनि कार्यान्वयन भएको छैन,’ कार्कीले भनिन्, ‘यो व्यवस्था लागू भएको छैन ।

मापदण्ड मन्त्रालयको मापदण्डमा सीमित छ । १० प्रतिशत नदिँदा कारबाही नहुने भन्ने पनि स्पष्ट छैन । कुल शय्याको १० प्रतिशत कि बिरामीको १० प्रतिशत ? बरु शय्या मात्रै नि:शुल्क गरेर अस्पतालले अन्य शुल्क चर्को असुलेको पाइन्छ ।’

मंगलबार बसेको संसद् बैठकको शुन्य समयमा बोल्दै पूर्व स्वास्थ्य राज्यमन्त्रीसमेत रहेकी कार्कीले नीजि अस्पतालको मनोमानी बढेको भन्दै तत्काल ऐन ल्याउन माग गरिन् ।

तपाईको प्रतिक्रिया