शनिबार ८ असार २०८१
प्रविधी

नेपाल टेलिकमले ल्यायो जीएसएम मोबाइल र एफटीटीएचमा प्याकेज

शुक्रबार जेठ ३२, २०८१/ Friday 06-14-24

काठमाडौं ।नेपाल टेलिकमले जीएसएम मोबाइल तथा एफटीटीएच (फाइबर टु द होम) मा विभिन्न आकर्षक प्याकेजहरू उपलब्ध गराउने भएको छ । यी अफरहरू असार १ गते देखि लागु हुने छन् ।

अब सजिलो अन लिमिटेड प्रिपेड तथा पोस्टपेड योजना अन्तर्गत ५९९ रुपैयाँमा कम्पनीकै नेटवर्कमा असीमित कल गर्न सकिने ( अन लिमिटेड अन–नेट भ्वाइस) तथा अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने (अफ–नेट भ्वाइस) सेवा सहितको सजिलो ५९९ भ्वाइस प्याक उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

त्यसैगरी सजिलो ६३६ प्याक अन्तर्गत ६३६ रुपैयाँमा अन लिमिटेड अन–नेट भ्वाइस, १५० मिनेट अफ–नेट भ्वाइस तथा १०० अन–नेट एसएमएसका साथै ९ जीबी डाटा सेवा उपलब्ध हुनेछ ।

यसका साथै सजिलो ७९९ प्याकमा अन लिमिटेड अल–नेट भ्वाइस, ३० जीबी डाटा र १५० अन–नेट एसएमएस सेवा उपलब्ध हुनेछ भने सजिलो ९९९ प्याकमा अन लिमिटेड अल–नेट भ्वाइस सेवा, ६० जीबी डाटा र २०० अन–नेट एसएमएस सेवा उपलब्ध हुनेछ ।

कम्पनीले सजिलो १४९९ प्याक र सजिलो १९९९ प्याक पनि सञ्चालनमा ल्याएको छ । सबै प्याकेजहरूमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने गरी समयावधि तोकिएको छ । यसका साथै अन्य आकर्षक प्याकेजहरू समेत कायम राखिएको छ ।

इन्डिया भ्वाइस कल प्याकेज अन्तर्गत ८० रुपैयाँमा १ दिन प्रयोग सकिने २० मिनेटको भ्वाइस सेवा उपलब्ध हुनेछ भने २७० रुपैयाँ मा ७ दिनसम्म प्रयोग गर्न सकिने ७५ मिनेटको भ्वाइस सेवा उपलब्ध हुने कम्पनीले शुक्रबार जारी गरेको विज्ञप्तिमा बताइएको छ ।

त्यसैगरी एफटीटीएचका विभिन्न प्याकेजलाई अझै ग्राहकमैत्री बनाइएको छ । प्रिमियम एफटीटीएच प्याकेजहरूमा डाटा मात्र, बेसिक आईपीटीभी तथा प्रिमियम आईपीटीभीका प्याकेजहरू, भ्वाइस सेवामात्र प्रयोग गर्ने ग्राहकहरुका लागि बेसिक आईपीटीभी तथा प्रिमियम आईपीटीभी प्याकेजहरू र एक्सजीपीओन प्याकेजहरूमा डाटामात्र, बेसिक आईपीटीभी तथा प्रिमियम आईपीटीभीका प्याकेजहरू समेत सुलभ दरमा उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ ।

तपाईको प्रतिक्रिया