बुधबार २ माघ २०८१
बिश्वो

बंगलादेशमा नयाँ प्रधानन्यायाधीश नियुक्त

आइतबार श्रावण २७, २०८१/ Sunday 08-11-24

काठमाडौं । बंगलादेशमा प्रधानन्यायाधीशले राजीनामा दिए लगत्तै अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले नयाँ प्रधानन्यायाधीश नियुक्त गरेका छन्।

शनिबार सैयद रेफात अहमदलाई युनुसले प्रधानन्यायाधीश नियुक्त गरेका हुन्। उनी उच्च अदालतका वरिष्ठतम् न्यायाधीश थिए।

उनलाई शनिबार पुनरावेदन डिभिजनको न्यायाधीश हुँदै प्रधानन्यायाधीश नियुक्त गरिएको कानुन सचिव मोहम्मद गोलमले बंगलादेशी समाचार संस्था द डेली स्टारलाई बताएका छन्।

बंगलादेशमा शेख हसिना प्रधानमन्त्रीबाट राजीनामा दिएर भारत भागेपछि त्यहाँ मोहम्मद युनुस नेतृत्वमा अन्तरिम सरकार गठन भइसकेको छ।

विद्यार्थी आन्दोलनको नेतृत्व गरेका नाहिद इस्लाम र आशिफ महमुद पनि अन्तरिम सरकारमा सहभागी छन्।

उनीहरूले देशमा लोकतन्त्र पुनस्थापनाका लागि निर्वाचन आयोग र न्यायलय पुनर्संरचना गर्ने बताएका थिए।

विद्यार्थीहरुले गरेको आरक्षणविरुद्धको आन्दोलनका क्रममा प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर देश छाड्न बाध्य भएकी थिइन् । यसपछि विद्यार्थीहरुले प्रधानन्यायाधीश अबैदुल हसनसहित ५ न्यायाधीशहरुको राजीनामा मागेका थिए ।

तपाईको प्रतिक्रिया