शुक्रबार २ कार्तिक २०८१
खेलकुद

साफ महिला च्याम्पियनसिप : माल्दिभ्सलाई हराउँदै श्रीलंकाको विजयी सुरुवात

शुक्रबार कार्तिक २, २०८१/ Friday 10-18-24

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ मा श्रीलंकाले विजयी सुरुवात गरेको छ । श्रीलंकाले शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सविरुद्ध १–० को जित निकालेको हो । 

खेलको १७औ मिनेटमा इमेसा अनुराधिनीले गोल गर्दै श्रीलंकालाई अग्रता दिलाईन् । पि एम परेराले दिएको क्रसमा बक्स भित्र अनमार्क रहेकी अनुराधिनीले हेड मार्फत गोल गरेकी हुन्।

प्रतियोगितामा माल्दिभ्स र श्रीलंका समूह बी मा छन् । यो समूहमा यी दुई टिमसँगै भुटान र नेपाल छन् । जितसँगै श्रीलंकाले तीन अंक जोडेको छ । प्रतियोगिताको समूह ए मा भारत, पाकिस्तान र बंगलादेश छन् ।

प्रतियोगितामा घरेलु टोली नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग आजै खेल्ने तालिका छ । यो खेल बेलुका ५ः३० बजेदेखि सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया