बुधबार २८ फाल्गुण २०८१
राजनीति

कोशी प्रदेश सभा बैठकमा उपस्थित हुन विपक्षी दलहरु तयार

मंगलबार फाल्गुण २७, २०८१/ Tuesday 03-11-25

काठमाडौं । माओवादी र एकीकृत समाजवादी आज प्रदेश सभामा हुने प्रधानमन्त्रीको सम्बोधनमा सहभागी हुने भएका छन्।  ओलीले दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकाई विषेश सम्बोधन गर्ने कार्यसूची प्रदेश सभा सचिवालयले निकालेको छ ।

यसअघि कर्णाली र सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गरिसकेका ओलीको कार्यक्रममा सत्तारुढ एमाले र कांग्रेस सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ। तर, माओवादी केन्द्रसहितका प्रतिपक्षी दलले प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने चेतावनी दिएका थिए ।

मुख्यमन्त्रीले प्रदेशका विपक्षीको आवाज नसुनेको, प्रधानमन्त्रीकै सम्बोधनबारे पनि कुनै छलफल नगरेको भन्दै विपक्षी दुई दलले बैठक बहिष्कारको चेतावनी दिएका थिए। दुई दलले यस्तो धारणा राखेपछि मुख्यमन्त्री कार्कीले सोमबारदेखि संवाद थालेका थिए। 

विपक्षीको चेतावनीपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोसँग भेटवार्ता गरेका थिए । सो भेटपछि विपक्षीहरु सम्बोधन सुन्न तयार भएका हुन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले छुद्र, असभ्य र अमर्यादित कुरा नबोल्ने सहमित भएको स्रोतले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया