संसद्बाट राप्रपाको चेतावनी - २५ गतेको भिड ‘ट्रायल’ मात्रै हो, लुक्ने ठाउँ खोज्दै गर्नू

काठमाडौँ । राप्रपा सांसद रोशन कार्कीले फागुन २५ गते राजाको समर्थनमा निस्किएको भीड ट्रायलमात्र भएको भन्दै आगामी दिनमा राजाको पक्षमा यस्तो भीड बढ्दै जाने भएकाले गणतन्त्रवादीहरू लुक्ने ठाउँ खोज्दै गर्न आग्रह गरेकी छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भनिन् ‘एकजना मित्रले भूत देख्नुभएछ । लेनिनको भूत हो की माओवादीको भूत हो प्रश्न गर्न चाहन्छु ?’, उनले भनिन् ‘अर्का मित्रले राजाको जयजयकार गरेको र नेताहरू जिल्ला जाँदा मुर्दावाद भनेको सुन्नुभएन होला । यो त मित्र ट्रायल मात्र हो ।’
उनले आगामी दिनमा राजाको पक्षमा ७३ जिल्लाका मन्छे थपिए नआत्तिन सुझाव समेत दिइन् । उनले फागुन २५ गतेको भिड गणतन्त्रवादीकै कारण आएको पनि बताइन् । ‘फागुन २५ गतेको भिड तपाईंहरूले, यो नालायक सरकारले बढाएको हो’, उनले थपिन्, ‘तपाईंहरू जति दिन यसै गरी सरकारमा बस्नु हुन्छ, भिड बढ्दै जान्छ । होस गर्नुहोला ।’
तपाईको प्रतिक्रिया