
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज दोहोरो अंकले घटेको छ । सोमबार बजार मापक नेप्से १०.१४ अंकले घटेको हो । बजार घटेसँगै समग्र बजार मापक २,७०४.७० विन्दुमा पुगेको छ ।
आज ८५ कम्पनीको सेयरमूल्य बढ्दा १४५ कम्पनीको घटेको छ । १३ कम्पनी स्थिर रहे ।
बजारसँगै कारोबार रकममा पनि गिरावट आएको छ । यसदिन पाँच अर्ब ४० करोड ८३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
राप्ती हाइड्रो, सामुदायिक लघुवित्त, ग्रीन डेभलपमेन्ट, मानुषी लघुवित्त, इस्ट्रन हाइड्रो उच्च कमाउने शीर्ष कम्पनीमा परे ।
बजार घट्दा बैंकिङ, विकास बैंक, जलविद्युत्, जीवन बिमा, लघुवित्त, निर्जीवन बिमा, व्यापार र अन्य समूह सूचक घटेको छ ।
तपाईको प्रतिक्रिया