मंगलबार ५ चैत २०८१
राजनीति

चुनाव कति पटक लड्न पाउने भन्ने विषयमा बहस गरौं : सांसद ज्वाला

सोमबार चैत ४, २०८१/ Monday 03-17-25

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले लोकसेवामा ६ पटकभन्दा बढी परीक्षा दिन निषेध गर्नेगरी कानूनी व्यवस्था गर्नु गलत भएको बताएका छन्।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद ज्वालाले कुनै पनि नागरिकलाई परीक्षाबाट नै दिन नपाउने गरी सिन्डिकेट गर्नु संविधानको भावना विपरित भएको बताएका हुन्।

संसदले लोक सेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने गरी कानून बनाउन लागेको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा एक जनाले कति पटकसम्म लोक सेवा परीक्षा दिन पाउने भनी सीमा तोक्न लागिएको छ।

सांसद ज्वालाले सरकारले रोजगारीको विकल्प पनि नदिने परिक्षामा प्रतिस्पर्धा गर्न पनि रोक्नु मौलिक अधिकारबाट वञ्चित गर्नुभएको बताए। उनले लोकसेवा लड्ने उमेर भएसम्म परीक्षा दिन पाउनुपर्ने माग राखे। उनले लोक सेवाको परीक्षा नभई राष्ट्रपति, प्रधानमन्त्री मन्त्री कति पटक हुन पाउने भन्ने विषयमा बहस गर्न जरुरी रहेको बताए। 

उनले राजनीतिक नियुक्ति र चुनाव कति पटक लड्ने भन्ने विषयमा बहस गर्नुपर्ने समेत बताए।

तपाईको प्रतिक्रिया