
काठमाडौं । पद्मकन्या क्याम्पसमा स्ववियु सभापतिको आधिकारिक उम्मेदवार भुपी ऐर भएको नेविसंघले स्पष्ट पारेको छ ।
सोमबार नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले ऐर नेतृत्वको समूहलाई आधिकारिकता दिएका हुन्। निर्वाचन अधिकृतलाई पत्र पठाउँदै अध्यक्ष शेर्पाले नेविसंघको आधिकारिक समर्थन ऐर नेतृत्वको समूहका उम्मेदवारलाई भएको खुलाएका छन्।
‘स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघको आधिकारिक उम्मेदवार सम्बन्धमा परेको दावी विरोध बारे प्रष्ट पार्न तहावाट लेखिएको पत्र प्राप्त भै अध्ययन गर्दा पद्मकन्या क्याम्पसमा नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको नाममा पेश भएको पत्र आधिकारिक नभएको पाइएको र नेपाल विद्यार्थी संघको आधिकारिक समर्थन भुपी ऐर नेतृत्वमा दर्ता गरिएको प्यानललाई रहेको प्रष्ट पार्दछु,’– अध्यक्ष शेर्पाले पत्रमार्फत भनेका छन् ।
पद्मकन्याको स्ववियु सभापतिका लागि नेविसंघबाट पूर्णिमाया परियार र भुपी ऐरको उम्मेदवारी परेको थियो ।
तपाईको प्रतिक्रिया