मंगलबार ५ चैत २०८१
राजनीति

चैत १५ गतेको जनसभामा हजारौँलाई उतार्ने एकीकृत समाजवादीको निर्णय

सोमबार चैत ४, २०८१/ Monday 03-17-25

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले समाजवादी मोर्चाले गर्न लागेको विरोधसहितको जनसभामा हजारौँलाई उतार्ने जनाएको छ । 

सोमबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले चैत १५ गते काठमाडौंमा समाजवादी मोर्चाले आयोजना गरेको विरोध सभालाई सफल बनाउन हजारौँलाई उतार्नेसहितको योजनाका साथ अघि बढ्ने निर्णय गरेको हो । 

राजसंस्थाका विषयमा गरिएको कु-प्रचारलाई चिर्दै जनतालाई सडकमा उतार्ने प्रयास गर्ने उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले राजावादीको प्रदर्शनले दलहरू नडराएको भन्दै गणतन्त्रपक्षधरहरुले जनताको चेतना देखाउनका लागि प्रदर्शन गर्न लागिएको धारणा राखे ।  

 

तपाईको प्रतिक्रिया