
काठमाडौँ । ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ मा विपक्षी दलहरूले मत विभाजनको माग गरेका छन् ।
सोमबार यो विधेयकमाथि संसदमै दफावार छलफल भएको थियो ।
दफावार छलफलका क्रममा आफूहरूले राखेको विषयको सम्बोधन नभएको भनेर विपक्षी दलहरूले मत विभाजन माग गरेका हुन् । विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएपछि विपक्षी दलका सांसदहरूले उठेर विरोध गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले मत विभाजनको माग गर्दै विधि र प्रक्रिया पुर्याएर मत विभाजनको माग गरेका थिए । उनको मागपछि सभाको सभापतित्व गरिरहेकी उपसभामुख इन्दिरा राना मगरले मत विभाजनको प्रक्रिया सुरु गरेकी हुन् ।
तपाईको प्रतिक्रिया