बुधबार ४ चैत २०८२
समाज

बाजुरामा ढुङ्गा प्रहारबाट एक जनाको मृत्यु

मंगलबार चैत ३, २०८२/ Tuesday 03-17-26

काठमाडौँ ।बाजुराको कार्तिक खापर गाउँपालिका–२, पुडेनीमा ढुङ्गा प्रहारबाट एक जनाको मृत्यु भएको छ।

स्थानीय ३५ वर्षका सर्वाश बुढालाई सोमबार पुडेनीमा धनबहादुर महतरा (४५) र उनका छोरा हेमराज महतरा (१८) ले टाउकोमा ढुङ्गा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

धनबहादुर महतरा घटनास्थलबाटै पक्राउ परेका छन् भने उनका छोरा हेमराज महतरा फरार रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराले फरार व्यक्तिको खोजी भइरहेको जानकारी दिएको छ।

 

तपाईको प्रतिक्रिया