आइतबार १ चैत २०८२
प्रवास

कतारबाट नेपाल फर्किन चाहने नेपालीलाई दूतावासको सम्पर्कमा आउन आग्रह

शनिबार फाल्गुण ३०, २०८२/ Saturday 03-14-26

काठमाडौं । कतारमा रहेका र हाल नेपाल फर्किन चाहने नेपाली नागरिकलाई सम्पर्कमा आउन त्यहाँस्थित नेपाली दूतावासले आग्रह गरेको छ। मध्यपूर्वमा देखिएको पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले यस्तो अनुरोध गरेको हो।

शनिबार जारी सूचनामा दूतावासले साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल फर्किन चाहने वैध आवासीय अनुमति पत्र (कतार आइडी) भएका नेपाली नागरिकलाई दोहास्थित ताशिर साउदी भिसा केन्द्रमार्फत पर्यटक भिसाका लागि आवेदन दिन ‘अपोइन्टमेन्ट’ बुक गर्न आग्रह गरेको जनाएको छ।

यसका लागि दोहाको एजदान मल (अल घराफ) मा रहेको भिसा केन्द्रमा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ। दूतावासका अनुसार आवश्यक जानकारी तथा अपोइन्टमेन्टका लागि ५०६६०६२२ नम्बरमा फोन गरेर समन्वय गर्न सकिनेछ।

 

​​​​​​​

तपाईको प्रतिक्रिया