राजनीति
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी
सोमबार चैत २, २०८२/ Monday 03-16-26
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलविरुद्ध न्यायपरिषदमा उजुरी परेको छ। न्यायाधीशको आचारसंहिता विपरीत रिटको सुनुवाइ गरेको आरोप लगाउँदै युवराज पौडेलले उजुरी बुझाएका हुन्, तर दर्ता भने भइसकेको छैन।
पोखरेलको इजलासमा रवि लामिछानेसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमाथि सुनुवाइ भइरहेको छ। यसबारे प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग परामर्शपछि मात्रै थप निर्णय हुने परिषद्का सचिवले बताएका छन्।
पोखरेल न्यायाधीश हुनुअघि लामिछानेसम्बन्धी केही मुद्दामा कानुन व्यवसायीका रूपमा संलग्न रहेको भन्दै सोही मुद्दामा सुनुवाइ गर्नु आचारसंहिता विपरीत भएको उजुरीमा उल्लेख गरिएको छ।
तपाईको प्रतिक्रिया