काठमाडौँ । नबिल बैंकले आफ्ना ग्राहकका लागि नयाँ कर्जा र बचत योजनाहरू सार्वजनिक गरेको छ। बैंकले उच्च शिक्षा, घरनिर्माण र दीर्घकालीन बचतलाई लक्षित गर्दै तीन प्रमुख योजना ल्याएको छ।
पहिलो योजना शैक्षिक कर्जा अन्तर्गत विद्यार्थीहरूले उच्च शिक्षा हासिल गर्न सहज कर्जा सुविधा पाउनेछन्। यसमा अनलाइन आवेदन प्रक्रिया, १ करोडसम्म कर्जा सीमा, २० वर्षसम्म किस्ता अवधि, देशभरका २६८ शाखाबाट सेवा, आकर्षक ब्याजदर, र अफर लेटर अगाबै सरल स्वीकृति हुने जस्ता सुविधा उपलब्ध छन्।
दोस्रो योजना वरिष्ठ बचत खाता हो। यसले वृद्धवृद्धा तथा जीवनका सुनौलो वर्षहरू सुरक्षित बनाउन मासिक ब्याज भुक्तानी सहितको बचत सुविधा प्रदान गर्दछ।
तेस्रो योजना दिगो आवास कर्जा मार्फत घर निर्माणमा वित्तीय पहुँच सुनिश्चित गर्दै ग्राहकले जिम्मेवार वित्तीय पहुँचको साथ दिगो आवास निर्माण गर्न सक्नेछन्। यसमा वार्षिक ब्याजदर ५.९१% देखि सुरु हुने र सेवा शुल्क कर्जा सीमाको ०.५% मात्र रहने बताइएको छ।
तपाईको प्रतिक्रिया