कामना सेवा विकास बैंकको प्रगति बचत खाता: नाम एक, सुविधा अनेक
काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकका लागि विभिन्न प्रकारका बचत खाताको सुविधा उपलब्ध गराउँदै आएको छ। तीमध्ये प्रगति बचत खाता पनि एक हो, जसले ग्राहकलाई बचत व्यवस्थापन र बैंकिङ सेवामा सहजता प्रदान गर्दै आएको छ। बैंकका अनुसार प्रगति बचत खाता प्लाटिनम, गोल्ड र सिल्भर गरि तीन विकल्पमा उपलब्ध छ ।
१. प्रगति बचत खाता (प्लाटिनम)
यस सुविधा अन्तर्गत प्लाटिनम खाता प्रिमियम बचत सुविधा हो। यो खाता न्यूनतम ब्यालेन्स ५,००० मा खोल्न सकिन्छ भने पहिलो वर्ष ग्राहकले मेडिकल बीमा १ लाख र दुर्घटना बीमा ७ लाख रुपैयाँको सुविधा पाउनेछन्। त्यस्तै, यो खाता खोल्दा पहिलो वर्ष लकर सुविधा निशुल्क हुनेछ। मोबाइल बैंकिङ र डेबिट कार्ड जस्ता सुविधा पनि उपलब्ध छन्। यो खाता उच्च बचत गर्ने र अतिरिक्त सुरक्षा सुविधा चाहिने ग्राहकका लागि उपयुक्त छ।
२.प्रगति बचत खाता (गोल्ड)
गोल्ड खाता मध्यम स्तरको बचतकर्ताका लागि लक्षित गरिएको छ। यो खाता न्यूनतम ब्यालेन्स १,००० रुपैयाँ मै खोल्न सकिन्छ। पहिलो वर्ष लकर शुल्कमा ५०% छुट र सेक्वूरिटीज डिपोजिटमा २५% छूट पाइन्छ। मोबाइल बैंकिङ र डेबिट कार्ड सुविधा पनि उपलब्ध छन्। गोल्ड खाता बचत व्यवस्थापन दुवै चाहिने ग्राहकका लागि उपयुक्त विकल्प हो।
३.प्रगति बचत खाता (सिल्भर)
सिल्भर खाता सामान्य बचतकर्ताका लागि उपयुक्त छ। यो खाता जम्मा १०० मै खोल्न सकिन्छ। यो खाता बैंकिङमा नयाँ प्रवेश गर्ने वा सामान्य बचत गर्न चाहने ग्राहकका लागि उपयुक्त विकल्प हो।
तपाईको प्रतिक्रिया