कामना सेवा विकास बैंकले सार्वजनिक गर्यो २०८३ सालको डिजिटल क्यालेन्डर
काठमाडौँ । कामना सेवा विकास बैंकले वि.सं. २०८३ सालको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। बैंकले आधुनिक प्रविधिको प्रयोगलाई ध्यानमा राख्दै यस वर्ष क्यालेन्डरलाई डिजिटल माध्यममार्फत उपलब्ध गराएको जनाएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत उक्त क्यालेन्डरमा समितिद्वारा निर्धारण गरिएका विभिन्न तिथि, पर्व तथा शुभ मुहूर्तहरू समावेश गरिएको बैंकले जनाएको छ। यसले सर्वसाधारणलाई धार्मिक र सांस्कृतिक कार्यक्रम सञ्चालनमा सहजता प्रदान गर्ने विश्वास बैंकले लिएको छ।
डिजिटल क्यालेन्डर सजिलै प्राप्त गर्न बैंकले क्यूआर कोड समेत सार्वजनिक गरेको छ। उक्त क्यूआर कोड स्क्यान गरी ग्राहक र सर्वसाधारणले क्यालेन्डर हेर्न र डाउनलोड गर्न सक्नेछन्। बैंकका अनुसार क्यूआर कोड बैंकको आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमार्फत उपलब्ध गराइएको छ। यसले डिजिटल माध्यममार्फत क्यालेन्डर प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
तपाईको प्रतिक्रिया