बुधबार ४ चैत २०८२
राजनीति

कांग्रेस नेता केसीले नयाँ संसदको शपथ गराउने

मंगलबार चैत ३, २०८२/ Tuesday 03-17-26

काठमाडौं । प्रतिनिधि सभामा निर्वाचित सांसदहरूलाई शपथ गराउने जिम्मा नेपाली कांग्रेसका नेता ७८ वर्षीय अर्जुननरसिंह केसीलाई दिइएको छ।

निर्वाचित २६५ सांसदमध्ये केसी सभाका ज्येष्ठ सदस्य हुन् र संसदीय परम्पराअनुसार उनले सबै सांसदलाई शपथ गराउने छन्। प्रतिनिधि सभाका प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित सदस्यहरूले सदनको कामकारबाहीमा सहभागी हुनुअघि अनिवार्य रूपमा शपथ लिनु पर्ने संवैधानिक व्यवस्था छ।

यसअघि राष्ट्रपतिले ज्येष्ठ सदस्यलाई शपथ गराउनेछन्, त्यसपछि उक्त ज्येष्ठ सदस्यले अन्य सबै सांसदलाई शपथ गराउने परम्परा रहेको छ। यसरी, यसपटक पनि केसीले सबै नयाँ सांसदलाई शपथ गराउने प्रमुख भूमिका निभाउनेछन्।

 

तपाईको प्रतिक्रिया