सी जिनपिङको किताब जलाइएको बारे चीनको चासोः दोषीमाथि कारबाही गर्न गृहको आदेश
काठमाडौँ । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धमा असर पुर्याउने घटनाबारे छानबिन गरी दोषीमाथि आवश्यक कारवाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ।
परराष्ट्र मन्त्रालयको पत्र अनुसार मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ नामक पुस्तक जलाइएको घटनाबारे चीनको ध्यानाकर्षण भएको थियो। चीनको कूटनीतिक पत्र परराष्ट्र मन्त्रालयमार्फत गृह मन्त्रालयमा आएको थियो।
गृह मन्त्रालयले उक्त घटनाको विस्तृत छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन मोरङको सीडीओ प्रशासन र प्रहरीलाई निर्देशन दिएको छ। मन्त्रालयले पत्रमा उल्लेखित घटनाबारे समीक्षा गरेर दोषीमाथि कारवाही गर्न आवश्यक कदम चाल्ने जानकारी दिएको छ।
यस निर्णयले नेपाल–चीन सम्बन्धमा असन्तुलन आउन नदिने र कूटनीतिक संवेदनशीलतालाई ध्यानमा राखेर कदम चालिएको गृह मन्त्रालयको भनाइ छ।
तपाईको प्रतिक्रिया