मंगलबार ५ जेठ २०८३
जीवनशैली

मेडिकल काउन्सिलले रोक्यो ३६ गैरआवासीय चिकित्सकको लाइसेन्स खारेज प्रक्रिया

सोमबार जेठ ४, २०८३/ Monday 05-18-26

काठमाडौं । नेपाल मेडिकल काउन्सिल ले गैरआवासीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय हाललाई स्थगित गरेको छ । यसअघि काउन्सिलले दुई चरणमा ती चिकित्सकहरूको नाम दर्ता किताबबाट हटाउने निर्णय गरेको थियो ।

निर्णयको व्यापक विरोध भएपछि वैशाख २९ गते बसेको काउन्सिलको पूर्ण बैठकले उनीहरूको नाम हाललाई दर्ता किताबमै कायम राख्ने निर्णय गरेको हो ।

यसअघि नेपाली नागरिकता त्यागेर विदेशी राहदानी लिएका चिकित्सकहरूको नाम दर्ता किताबबाट हटाउने निर्णय गरिएको थियो । काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेका अनुसार अब विश्वभर रहेका गैरआवासीय नेपाली चिकित्सकलाई पुनः दर्ताका लागि आह्वान गरिनेछ ।

 

तपाईको प्रतिक्रिया