शुक्रबार १९ असार २०८३
समाज

निजामती कर्मचारी अस्पतालको सेवा अब मन्त्रालयमै

शुक्रबार असार १९, २०८३/ Friday 07-03-26

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय परिसरमा आजदेखि निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ।

मन्त्रालय भवनको तल्लो तलामा स्थापना गरिएको उक्त सेवा इकाईमार्फत निजामती कर्मचारी तथा सेवाग्राहीलाई कार्यस्थलमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइनेछ।

निजामती कर्मचारीलाई सहज, छिटो र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सेवा इकाई सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ। यसबाट सामान्य स्वास्थ्य सेवाका लागि अस्पतालसम्म पुग्नुपर्ने बाध्यता घट्ने विश्वास गरिएको छ।

मन्त्रालयका अनुसार निजामती कर्मचारी अस्पतालमा बढ्दो सेवाग्राहीको चाप व्यवस्थापन गर्न पनि मन्त्रालयमै सेवा इकाई स्थापना गरिएको हो।

उक्त सेवा इकाईबाट स्वास्थ्य परीक्षण, रगत परीक्षणलगायतका आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइनेछ।

 

तपाईको प्रतिक्रिया