आइतबार १४ असार २०८३
खेलकुद

डेम्बेलेको ह्याट्रिकमा नर्वेमाथि ४–१ को शानदार जित, समूह विजेता बन्दै फ्रान्स नकआउट चरणमा

शनिबार असार १३, २०८३/ Saturday 06-27-26

काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘आई’ अन्तर्गत नर्वेलाई ४–१ ले पराजित गर्दै फ्रान्स समूह विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।

शनिबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा फ्रान्सले सुरुदेखि नै दबाब कायम राख्यो। डेम्बेलेले खेलको ७औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए भने २०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए।

नर्वेका थेलो आसगार्डले २१औँ मिनेटमा एक गोल फर्काएर खेललाई २–१ को अवस्थामा ल्याए पनि फ्रान्सको आक्रमण रोक्न सकेनन्। डेम्बेलेले ३२औँ मिनेटमा पुनः गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे र टोलीलाई ३–१ को बलियो अवस्थामा पुर्‍याए।

दोस्रो हाफको इन्जुरी समयमा डेसिरे डुएले अर्को गोल थपेपछि फ्रान्सले ४–१ को सहज जित दर्ता गर्‍यो।

यस जितसँगै फ्रान्सले समूह चरणका तीनै खेल जित्दै ९ अंकका साथ समूह ‘आई’ को शीर्ष स्थान सुरक्षित गर्‍यो। नर्वे भने ६ अंकसहित उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गर्न सफल भयो।

दुवै टोली अन्तिम समूह खेलअघि नै अन्तिम ३२ (नकआउट चरण) मा स्थान पक्का गरिसकेका थिए।

 

तपाईको प्रतिक्रिया