काठमाडौं । संवैधानिक महत्वका रिट निवेदन दर्ता गर्न अस्वीकार गर्दै सर्वोच्च अदालत प्रशासनले न्यायिक प्रक्रियामा अवरोध पुर्याएको आरोप लगाउँदै नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएको छ।
यसअन्तर्गत बारसँग आवद्ध कानुन व्यवसायीहरूले मंगलबार दिउँसो सर्वोच्च अदालत परिसरमा लालटिन बालेर विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरूले सर्वोच्च प्रशासनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै न्यायिक प्रक्रिया सहज र पारदर्शी बनाउन माग गरेका थिए।
प्रदर्शनमा सहभागी कानुन व्यवसायीहरूले हातमा विभिन्न नारासहितका प्लेकार्ड बोकेका थिए भने लालटिन प्रदर्शनमार्फत न्यायमा अवरोध भएको प्रतीकात्मक सन्देश दिएका थिए।
तपाईको प्रतिक्रिया